राष्ट्रपति भण्डारी र जापानी उपमन्त्रीबीच भेटवार्ता


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका नोरिहातोले राष्ट्रपति भवन, शीतल निवासमा पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। सो भेटका क्रममा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement