नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रुपमा बन्द


काठमाडौं– संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको छ । दुइ दशकअघि नेपालमा स्थापना भएकाे संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रूपमा बन्द भएकाे राष्ट्रसंघका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी गरेका छन् ।

‘विगत दुइ दशकदेखि नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको डिपिए नेपालमा संविधान निर्माण र यससँगै भएको तीन चरणको निर्वाचनपछि औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ। नेपाल सरकारले तीन महिनाको समयाअवधि दिएर राष्ट्रसंघीय कार्यालय बन्द गर्न निर्देशन दिएको थियो।

डिपिएले नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुको राजनीतिक अनुगमन नेपालबाटै गर्ने गरेको जानकारहरू बताउँछन् । डिपिएलाइ जातीय क्षेत्रिय मुद्धा भड्काउने गरेकाे अाराेप लाग्दै अाएकाे थियाे ।

यसअघि ‘अनमिन’ सन् २००६ देखि २०११ सम्म औपचारिक रुपमा नेपालमा रही सेना समायोजन लगायत तत्कालीन माओवादीलाई राजनीतिको मुल प्रबाहमा ल्याउन सहयोग गर्न नेपाल आएको थियो। तर, त्यसयता भने नेपालमा अनधिकृत रुपमा डिपिएका रुपमा बस्दै आएको थियो। राष्ट्रसंघले राजनीतिक मामिला हेर्ने विभागका रुपमा डिपिएलाई नेपाल सरकारसँग कुनै सम्झौता नगरी सञ्चालन गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement