राष्ट्रियसभा बैठक बस्दै,विनियोजन विधेयक पारित गर्ने तयारी


काठमाण्डु – संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान १० बजे बस्नेछ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० पारित हुनेछ । जसअनुसार आजको बैठकमा बिनियोजन बिद्येयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बिनियोजन बिद्येयक २०८० लाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement