काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक वैशाख ३ गते (भोलि) दिउँसो १२ः१५ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो ।
बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।




प्रतिक्रिया