रास्वपाको संयुक्त बैठक जारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी रहेको छ । पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement