रौतहटका एसपी हेर्डक्वार्टर तानिए, बयान लिने तयारी


काठमाण्डु – रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । लागूऔषध मुद्दामा पत्रकारलाई फसाएको भन्दै एसपी शाहलाई बयानका लागि काठमाण्डु झिकाइएको हो ।

लागू औषध मुद्दामा प्रहरीले पत्रकारलाई फसाएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले काम सुरु गरेकै दिन एसपी शाहलाई काठमाण्डु बोलाइएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले लागूऔषध मुद्दामा निर्दोष पत्रकार तानिएपछि बयानका लागि काठमाण्डु बोलाइएको जानकारी दिए ।

गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो । मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रहरीले लागुऔषध राखेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement