रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिएका छन्।

बुर्लाकोटीका अनुसार सम्बोधनका लागि सभापति लामिछानेले सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्। सभापति लामिछानेले भोटेकोशी बाढी, जेन्जी आन्दोलन र समसामयिक विषयमा बोल्ने छन् ।

संघीय सुंसद्को बैठक बुधबार दिउँसो १ बजेबाट बस्दैछ ।