मोदीले रविलाई भने-नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं

मोदीले रविलाई भने-नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बुधबार भेटपछि मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

दुई देशबीचको विशिष्ठ एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्।

‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ मोदीले मा लेखेका छन् । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको पनि मोदीले उल्लेख गरेका छन् ।