काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मंगलबार काठमाण्डु जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाण्डुको तीनकुनेमा प्रदर्शन भएको थियो ।
मंगलबार रवीन्द्र मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन् ।
रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ ।
प्रतिक्रिया