काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्तचर संस्था ‘रअ’को नयाँ प्रमुखको रूपमा पराग जैनलाई नियुक्त गरेका छन् ।
उनी सन् १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत हुन् । पराग जैनले अवकाश हुन लागेका प्रमुख रवि सिन्हाको उत्तराधिकारीको रूपमा जिम्मेवारी सम्हाल्नेछन्, उनको कार्यकाल ३० जुनमा पूरा हुँदैछ ।
नवनियुक्त प्रमुख पराग भारतको गुप्तचर क्षेत्रमा लामो अनुभव भएका अधिकृत हुन् । उनीसँग छिमेकी देशका गुप्तचर डेस्कहरू सम्हालेको अनुभव समेत छ । उनले रअको नेपाल डेस्कको नेतृत्व पनि गरेका थिए ।
उनले अघिल्लो कार्यकालमा भारतीय एभिएसन रिसर्च सेन्टर (एआरसी) को समेत नेतृत्व गरेका थिए, जुन संस्था हवाई निगरानी तथा प्रविधि–आधारित सूचनाको संकलनमा विशेषज्ञ मानिने गर्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको उनको नियुक्तिलाई दक्षिण एशियाली क्षेत्रीय सुरक्षा सुदृढ गर्ने रणनीतिक सन्देशका रूपमा हेरिएको छ । नेपालको सन्दर्भमा समेत पराग जैनको अनुभवले भारतको सुरक्षा दृष्टिकोणमा थप सक्रियता देखिने अनुमान गरिएको छ ।
प्रतिक्रिया