दिल्लीमा भारतीय खुफिया एजेन्सी ‘रअ’ चीफको एक वर्ष पदावधी थप


काठमाण्डु– भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख समन्तकुमार गोयललाई एक वर्षे पदावधि थप भएको छ । भारत सरकारले गोयललाई जुन ३०, २०२१ बाट लागु हुनेगरी एक वर्षको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।

रअको प्रमुखको कार्याकाल ३ वर्षको हुने गर्दछ । गोयलको कार्यकाल आगामी जुनमा सकिंदैछ । रअका दोस्रो उच्च अधिकारी सुवोध कुमार जैसवाललाई यसअघि नै सिआईवीको डाइरेक्टर बनाएको थियो । त्यससंगै उनको चिफ बन्ने सम्भावना सकिएको छ ।

गोयलको पदावधि एक वर्ष थप भएसंगै अव हाल स्पेशल सेक्रेटरी रहेका शशिभुषण तोमर र मन्टु झाको रअको चिफ बन्ने सम्भावना बढेको छ । अहिले तोमर, झा र अभजित हल्दर तीन जना स्पेशल सेक्रेटरी छन् । तिमध्ये हल्दरले आगामी जनवरीमा अवकास पाउनेछन् ।

गोयलले गत साल गोप्य रुपमा नेपाल भ्रमणमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उनको भ्रमणलाई लिएर नेपालमा ठुलो विरोध भएको थियो । उनले नै नेपाल भारतसम्बन्ध सुधार गर्न भुमिका खेलेको बताइन्छ । उनको भ्रमणअघि प्रधानमन्त्री ओली नेतृत्वको सरकार र भारतको सम्बन्ध खराव थियो ।

गोयलले भारतिय प्रधानमन्त्रीको दूतको रुपमा नेपाल भ्रमण गरेपछि दुवै मुलुकको सम्बन्ध सुमधुर भएको हो । उनी रअको प्रमुख हुंदा पहिलो चोटी नेपालको अनौपचारिक भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement