दुवै हाफमा रोनाल्डोले गोल गरेपछि रियल विजयी


काठमाडौं — स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेलाई ३-१ ले पराजित गरेको छ ‌। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुवै हाफमा १-१ गोल गरेपछि रियलले सहज जित हासिल गरेको हो ।

रियलले ग्यारेथ बेलको २४ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । उनले इस्कोले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारेका थिए । ६५ अौं मिनेटमा फ्रान्सिस्को पोर्टिलोले पेनाल्टीमा गोल गरेपनि ७८ अौं मिनेटमा रोनाल्डोले फेरी अर्को गोल थपेका थिए ।

अन्य खेलमा सेभिल्लाले एथ्लेटिक बिल्बाअोलाई २-० ले पराजित गर्यो । विजयी टोलीमा लुइस मुरियल र फ्रान्को भाज्केजले पहिलो हाफमा गोल गरेका थिए । भिल्लारियल घरेलु मैदानमा जिरोनासँग २-० ले पराजित भयो । लेगानेसले मालागालाई २-० ले हरायो । डेपोर्टिभो ला कोरुना र एइबारको खेल १-१ को बराबरीमा टुङ्गियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Advertisement