नेइमार बिनाको पीएसजीलाई रियल मड्रिडले हरायो


काठमाडौं- युरोपियन च्याम्पियन लिगको अन्तिम १६ का लागि भएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडको भिडन्तमा रियलले बाजी मारेको छ । मंगलबार लेगको दोस्रो खेलमा पीएसजीलाई २-१ ले हराएपछि समग्रमा ५-२ को जित निकाल्दै रियल मड्रिड च्याम्पियन लिगको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

घरेलु मैदानमा भएको लेगको पहिलो खेलमा रियलले पीएसजीलाई ३-१ ले हराएको थियो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडको जितका लागि क्रिस्टियानो रोनाल्डो र कासेमिरोले १-१ गोल गरे । पीएसजीका लागि १ गोल काभानीले गरे । पीएसजी अर्का मुख्य स्ट्राइकर नेइमार बिना नै मैदानमा उत्रेको थियो । चोटका कारण नेइमार मैदान बाहिर रहेका छन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५१ मिनेटमा रोनाल्डोले गोल गरी रियललाई अग्रता दिलाए । मिडफिल्डर मार्को भेराट्टी दोहोरो पँहेलो कार्ड खाँदै बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित हुन पुग्यो । ७१ औं मिनेटमा पीएसजीका लागि कभानीले बराबरी गोल फर्काए ।

८० मिनेटमा काइमिरोले गोल गरेपछि रियल मड्रिड जित निकाल्दै सहजै अन्तिम १६ मा स्थान बनाउन सफल भयो। रियल मड्रिड च्याम्पियन लिगको अघिल्ला दुई सिजनको पनि विजेता हो । यस सिजनको कोपा डेल रे बाट बाहिरि सकेको र घरेलु लिग ला लिगामा उपाघि होडबाट निकै पछि रहेको रियल मड्रिडको मुख्य लक्ष्य च्याम्पियन लिग नै रहेको छ । अन्नपूर्णमा खबर छ।

प्रतिक्रिया दिनुहोस
Advertisement