नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहसपछि आदेश आउने


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलकाे जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट बिहीबार थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

जवाफी बहस आज दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् । आज २ बजे जवाफी बहस सकिए साँझसम्म थुनछेकसम्बन्धी आदेश आउने अनुमान गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना र फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement