नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, शुक्रबार आदेश आउने


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार १८ जना प्रतिवादीतर्फको बहस सकिएको हाे ।

अभियुक्तका तर्फबाट बहस हुनुअघि सरकारी वलिकले मुद्दाको पक्षबाट बहस गरेका थिए । अब सरकारी वकिलले जवाफी बहस गरेपछि अदालतले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले शुक्रबार जवाफी बहस गर्नेछन् ।

नक्कली भुटानी शरणार्थी प्ररकणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच कसुरमा मुद्दा दायर गरेको छ । यो प्रकरणका १८ जना अभियुक्त पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement