नगर प्रहरी लगाएर जनकपुरका मेयरले कुटाए पत्रकार (भिडियाेसहित)


काठमाडौं – जनकपुर उपमहानगरपालिका मेयर लाककिशोर शाहको निर्देशनमा पत्रकारमाथि कुटपिट भएको छ ।

उनकै कार्यकक्षमा मेयरले नगर प्रहरी लगाएर पत्रकारमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना पत्रकार रहेका छन् ।

कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई गम्भीर चोट लागेको छ । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका हुन् ।

पत्रकारहरु जनकपुरमा रहेको जानकी मन्दिर विवादको विषयमा बाइट लिन जाँदा मेयर साह कुटपिटमा उत्रिएका हुन् । साहले नगर प्रहरी लगाएर कुटपिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement