टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरू)

टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १९ औं गणतन्त्र दिवस शुक्रबाार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ।

तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको जगमा २०६२/०६३ मा भएको जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेर १९ वर्षमा लागेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो।

दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएका छन्। समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका छन् ।