काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
चौधरीलाई बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
चौधरीलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको हो ।
रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र १ बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १५ गते कैद माफ गरिदिएका थिए।
चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
प्रतिक्रिया