सर्वोच्चले जन्मकैद सदर गरेको १३ दिन नबित्दै रेशम चौधरी छुट्दै


काठमाण्डु- सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

आइतबार बसेको मन्त्री परिषद् बैठकले रेशम चौधरीलगायत हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफरिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिस अनुसरा सोमबार रेशम चौधरीलाई राष्ट्रपति पौडेलले आममाफी दिनेछन् ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

त्यसै व्यवस्थामा टेकेर राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आम माफी बुझिएको छ । तर, सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधिमा जघन्य अपराधमा जेल बसेकालाई आममाफी दिन नमिल्ने स्पष्ट व्यवस्था छ ।

हाल डिल्लीबजार कारागारमा कैद भुक्तानी गरिरहेका रेशम टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनापछि चौधरी २०७४ साल फागुन १५ गतेदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

सर्वोच्च अदालतले जेठ २ गते मात्रै यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजायलाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement