रिद्धिसिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


मकवानपुर – रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हाे।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए। सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो।

कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ। उक्त कार्यक्रम खड़क तुम्सिबले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement