रक्षामन्त्री रिजाल र भारतीय राजदूतबीच भेटवार्ता: सेनालाई थप खोप दिने भारतको तयारी


काठमाण्डु – रक्षामन्त्री डा.मिनेन्द्र रिजालसंग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । बिहिवार भएको भेटमा द्धिपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले मन्त्री नियुक्त भएकोमा रिजाललाई बधाई दिनुका साथै आफु मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए । उनले भारतिय सेनाले नेपाली सेनालाई थप खोप सहयोग गर्न लागेको जानकारी समेत दिएका थिए ।

रिजाल रक्षामन्त्री नियुक्त भएपछि भारतिय राजदूतसंग यो पहिलो भेट हो । उनलाई चिनियां राजदूत होउ यान्छीले समेत भेट्ने कार्यक्रम तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement