काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो


काबुल – अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको संख्या आठ पुगेको छ ।अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।-एएफपी

प्रतिक्रिया दिनुहोस