रुसमा कामदार पठाउन श्रम स्वीकृति खुला (सूचनासहित)


काठमाण्डु – सरकारले रूसमा कामदार पठाउन श्रम स्वीकृति खुला गरेको छ ।

गत फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् ।

मेनपावर व्यवसायीबाट रूसको सिनोपेक इन्जिनीयरिङ रसिया ग्रूप (एलएलसी) कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

यसअघि नेपालीहरु रुस पुगेर सेनामा भर्ती भई युद्धमा सहभागी हुन थालेपछि श्रम स्वीकृति बन्द गरिएको थियो ।

पढ्नुहोस् सूचना –

प्रतिक्रिया दिनुहोस
Advertisement