रोनाल्डोलाई क्वारेन्टाइनमा राखियो


एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर फुटलबरहरुमा समेत देखिन थालेको छ । युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement