रोनाल्डोलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने


एजेन्सी – नक्कली पासपोर्ट प्रकरणमा पक्राउ परेका रोनाल्डोलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएका छन् ।

हाल पाराग्वे जेलमा रहेका रोनाल्डो दाई रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए । पूर्वसहकर्मी रोनाल्डोलाई जेलबाट छुटाउनका लागि वकिल मगाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

रोनाल्डो र उनका दाई रोबर्टो नक्कली कागजात पेश गरि पाराग्वे प्रवेश गरेको प्रहरी अधिकारीको भनाइ छ । गत शुक्रबार विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डो र उनका दाईको कोठामा प्रहरी छापा मार्दा पाराग्वे राष्ट्रियता उल्लेख भएको पासपोट प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement