काठमाण्डु – अखिल क्रान्तिकारीको महासचिवमा ५९६ मत प्राप्त गरि रोशन थापा मगर निर्वाचित भएका छन् । उनी माओवादीमा उपमहासचिव जनार्दन शर्मा पक्षधर हेमन्त राईको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।
मगरका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
कोषाध्यक्षमा पनि हेमन्त राई प्यानलकै फूलमाया रानामगर खुशी निर्वाचित भएकी छन्।
प्रतिक्रिया