बिमा शुल्कबाट १ खर्ब ६० अर्ब संकलन, जीवन बिमा सबैभन्दा ठूलो हिस्सा

बिमा शुल्कबाट १ खर्ब ६० अर्ब संकलन, जीवन बिमा सबैभन्दा ठूलो हिस्सा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चालु आर्थिक वर्षमा बिमा क्षेत्रले उल्लेखनीय वृद्धि हासिल गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार जीवन बिमा शुल्कमार्फत मात्र १ खर्ब २७ अर्ब ६९ करोड संकलन भएको छ भने निर्जीवन बिमा शुल्कबाट ३२ अर्ब ५३ करोड संकलन भएको छ ।

कुल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिमा १६.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब २२ करोड पुगेको छ । सक्रिय बिमालेखको संख्यामा पनि वृद्धि देखिएको छ । जीवन बिमातर्फ १ करोड ६२ लाखभन्दा बढी र निर्जीवन बिमातर्फ २१ लाखभन्दा बढी बिमालेख सक्रिय रहेका छन् ।

बिमा दाबी भुक्तानीतर्फ जीवन बिमामा २६ अर्ब ८४ करोड र निर्जीवन बिमामा १७ अर्ब ३१ करोड बराबरको भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ । रोजगारीका दृष्टिले बिमा क्षेत्रमा १२ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको छ भने करिब ४ लाख १२ हजार अभिकर्ता अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

यसैबीच सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब ३५ करोड पुगेको छ भने नागरिक लगानी कोषको सम्पत्ति ३ खर्ब १९ अर्ब ५० करोड पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।