महामन्त्रीको दौडबाट पाँच उम्मेदवार बाहिरिए, विपिनकुमार आचार्यलाई समर्थन

महामन्त्रीको दौडबाट पाँच उम्मेदवार बाहिरिए, विपिनकुमार आचार्यलाई समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा महामन्त्री पदबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल, जगदीश खरेल (ललिलतपुर), प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन घोषणा गरेका हुन्।

उम्मेदवारी फिर्तापछि जारी संयुक्त अपिलमा उनीहरूले पार्टीको एकता, संगठनको मजबुती र साझा नेतृत्व निर्माणलाई प्राथमिकता दिँदै आचार्यको पक्षमा उभिने निर्णय गरेको बताएका छन्।

उनीहरूले प्रतिनिधिहरूलाई पनि आचार्यलाई मतदान गर्न आग्रह गरेका छन्।