रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि

रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका सुझाव र चासोलाई नीति निर्माणसँग जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सोमबारदेखि सुरु गर्र्दैछ ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सोमबारदेखि सुरु हुने उक्त कार्यक्रमअन्तर्गत भदौ ४ गते विशेष छलफल आयोजना गरिने छ। पहिलो छलफलमा रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुनेछन् ।

यस्तै भदौ ४ गते साँझ ५ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा विभिन्न समसामयिक विषयमा संवाद गरिनेछ।

पार्टीले नागरिकका धारणा, सुझाव र अपेक्षालाई नेतृत्वसँग प्रत्यक्ष जोड्ने तथा नीति निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।