बाबुरामले भारत र आरएसएसलाई लिएर टिप्पणी गरेको भन्दै बीजेपी नेता चौंथाइवाले असन्तुष्ट


नयां दिल्ली – भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौंथाइवालेले जसपाका नेता बाबुराम भट्टराईको आलेखप्रति आपत्ती जनाएका छन् । ‘नेपालको लोकतन्त्र समस्यामा’ शीर्षकमा भारतीय अखबार द हिन्दूमा प्रकाशित आलेखमा टिप्पणी गर्दै चौंथाइवालेले नेता भट्टराई अहिले पनि जवाहरलाल नेहरु युनिभर्सिटीको सपनाबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् ।

‘नेपालको घरेलु राजनीतिमा टिप्पणी गर्न बाबुराम भट्टराई स्वतन्त्र छन् । भारत र आरएसएसलाई लिएर गरेको टिप्पणी हेर्दा उनी जेएनयुको सपनाबाट मुक्त हुन नसकेको देखिन्छ । ’ चौंथाइवालेले टिवटरमा लेखेका छन् ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता चौंथाइवालेले कट्टर कम्युनिष्ट बाबुराम सबैलाई आफ्नो असफलताको लागी दोषारोपण गर्नमा लागेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement