काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन् ।
सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्।
प्रतिक्रिया