गठबन्धन फेरिएसंगै किन रोकियो प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारको नियुक्ति ?


काठमाण्डु – प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त भएका भनिएका डा. रुपक सापकोटाको नियुक्ति नभएको खुलासा भएको छ । सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सल्लाहकार नियुक्त गरेको समाचार सार्वजनिक भएपनि उनको आधिकारीक नियुक्ती भने अहिलेसम्म पनि नभएको प्रधानमन्त्री निकट स्रोत बताउंछ ।

चीनको रनमिन विश्वविद्यालयबाट सन् २०१८ मा अन्र्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानका उपकार्यकारी निर्देशक थिए ।

सापकोटा यसअघि चीनको राजदूत वन्ने लविङमा समेत थिए । तर, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनको सट्टा चीनमा विष्णु पुकार श्रेष्ठलाई राजदूत नियुक्त गरेका थिए ।

सापकोटाको नियुक्ति भएको समाचार सार्वजनिक भएसंगै सत्ता गठबन्धन फेरिएको थियो । तर,उनि निकट स्रोतले भने राष्ट्रपतिको निर्वाचनपछि उनले नियुक्ति पाउने सम्भावना रहेको बताउंछ ।

यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भने भूराजनीतिक दबाव भएका कारण उनलाई राजदूत बनाउन नसक्ने बताउने गरेका थिए । सापकोटालाई चीनको राजदूत बनाउने चर्चा चलेपनि अन्तिममा उनलाई कुनै पनि देशमा राजदूतको जिम्मेवारी दिइएको थिएन् ।

सापकोटाको यसपटकको नियुक्तिलाई पनि त्यसैगरि हेरिएको छ । प्रधानमन्त्री कार्यालयले सुरुमा उनलाई सल्लाहकार नियुक्त गर्ने भन्दै नाम र उनको वायो डाटा मागेको थियो । तर, अन्तिममा नियुक्ति के कारणले रोकियो भन्ने अझै खुलेको छैन् ।

सापकोटा कुटनीतिक र भूराजनीतिक मामिलाका जानकार समेत हुन् । उनी चिनियां भाषामा राम्रो दख्खल समेत राख्छन् । सापकोटाले अनौपचारिक रुपमा काम भने सुरु गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement