रुसमा उडिरहेको विमानमा आगो लाग्यो, ४१ को मृत्यु


एजेन्सी- रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा ७८ यात्रु र चालक दलका ५ सदस्य थिए ।

रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन्।

उक्त विमान आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको छ। चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement