रुसको बारुद कारखानामा बिष्फोट, ४ जनाको मृत्यु


मस्को – बारुद बनाउने कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । मस्कोको दक्षिणपूर्व ताम्बोभ क्षेत्रमा रहेको एउटा गोलाबारुद कारखानाले विष्फोटबारे एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । जसअनुसार कारखानामा मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो ।

‘सो घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्,’ ताम्बोभ गोलाबारुद कारखानाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । यसरी मृत्यु हुनेमा
अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले आतंकवादी हमलाको भने खण्डन गरेका छन्। ठूला अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै अनुसन्धान थालेको जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएदेखि मस्को उच्च सतर्कतामा रहेको छ । र, रूसी क्षेत्र भित्र गहिरो स्थापनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement