रुसले इरानलाई सैन्य विमान दिने


तेहरान – इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।

अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई-२८ लडाकू हेलिकप्टर र याक-१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु-३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement