रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको युक्रेनकाे आरोप


एजेन्सी – युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजात शिशुको मृत्यु भएपछि क्रुद्ध भएका युक्रेनी राष्ट्रपतिले “नौ महिनामा हासिल गर्न नसकेको लक्ष्य अब दुश्मनले हत्या र आतङ्कका माध्यमबाट हासिल गर्ने प्रयास गरिरहेको छ तर त्यसमा पनि असफल हुनेछ,” युक्रेनमा भएका नराम्रा कामका निम्ति मस्को जिम्मेवार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement