नेपालका लागि रसियाली राजदूत आन्द्रेहीको निधन


काठमाडौं– नेपालका लागि रसियाली राजदूत आन्द्रेही एस बुद्रिकको मस्कोमा निधन भएको छ। सन् २०१६ फेब्रुअरी २९ देखि नेपालको राजदूत रहेका उनको शुक्रबार निधन भएको हो।

सन् १९५३ मा जन्मिएका उनी २००९ देखि २०१३ सम्म पाकिस्तानका लागि राजदूत भएका थिए।

सन् १९७५ मा मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनमा स्नातकोत्तर गरेपछि उनले कुटनीति सेवामा करिअर सुरु गरेका थिए। सन् १९७८ देखि १९८४ सम्म नयाँ दिल्लीस्थित सोभियत युनियनको दूतावासमा तृतीत सचिव रहेका उनी सन् १९८८ मा दूतावासको प्रथम सचिव तथा कउन्सुलर बनेर फर्किएका थिए।

सन् २००० मा उनी एशियाली मामिला हेर्ने विभागको उपनिर्देशक भएर उनी रसियाली विदेश मन्त्रालय फर्किएका थिए।

त्यसपछि पाकिस्तानको राजदूत नियुक्त नहुन्जेलसम्म सन् २००८ सेप्टेम्बर ३० सम्म उनी त्यहीँ रहेका थिए। ५ जनवरी २००९ देखि राजदूत भएका उनी सन् २०१६ देखि नेपालको राजदूत बनेका थिए। उनलाई ‘एम्बेस्डर एक्स्ट्राअर्डिनरी एन्ड पेलेन्पोटेन्चियारीुको विशेष जिम्मेवारी समेत थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत बुद्रिकको निधनले आफूलार्इ दुस्खी तुल्याएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement