नेपालमा ८ भारतीयको निधनप्रति एस जयशंकरद्वारा दुःख व्यक्त


एजेन्सी – भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालमा आठ भारतीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले मंगलबार ट्विटर्माफत नेपाल भ्रमणमा रहेका आठ भारतीय पर्यटकको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले नेपालस्थित भारतीयर दूतावासले उक्त घटनालाई पछ्याइरहेको बताए । उनले ट्विटमा लेखेका छन्, ‘दूतावासका अधिकारीहरु अस्पतालमै खटिएका छन् र आवश्यक सहयोग प्रदान गरिरहेका छन् । हामी उक्त घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सोमबार राति बेहोस भएर मृत्यु भएका आठजना भारतीयको निधन भएको थियो । उनीहरु एकै परिवारका सदस्य भएको प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले बताएका छन् ।

कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement