प्रचण्ड र नेपालद्धारा जयशंकरसंग प्रोटोकल नमिलेको भन्दै भेट अस्विकार 


काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारितय विदेशमन्त्री एस जयशंकरसंगको भेट अस्विकार गरेका छन् । 

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र नेपाल दुवैले जंयशंकर वसेको होटलमै भेट्न जांदा कूटनीतिक मर्यादा विपरित हुने भन्दै भेट्न अस्विकार गरेका हुन् । 

भारतिय दुतावासले प्रचण्डलाई बिहान ८ वजे र नेपाललाई उनिपछी भेटमा बोलाएको भएपनि दुवै नेताले भेट अस्विकार गरेका हुन् । 

नेपालको दुई दिने भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतिय विदेशमन्त्री जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्। पुर्वप्रधानमन्त्री समेत भएको कारण अर्को देशको विदेशमन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै दुवै नेताले भेट अस्विकार गरेको उनि निकट स्रोतको दाबी छ । तर,भारतिय दूतावासले भने यो वारेमा कुनै टिप्पणी गरेको छैन् । 

नेकपाका अध्यक्ष प्रचण्ड र नेपालले अस्विकार गरेपनि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका थिए । जयशंकरलाई भेट्न उपप्रधानमन्त्री उपेन्द्र यादव समेत होटल द्धारिकाज पुगेका थिए । २०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउंदा उनि भारतको विदेशसचिव थिए । जयशंकरले विदेशसचिव हुंदा संविधान जारी नगर्न समेत दबाव दिएका थिए । 

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकर नेपाल आउनेवित्तिै प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए ।

उनले बुधबार दिउंसो सामूहिक रूपमा र एक्लै प्रधानमन्त्रीसंग करिब २ घण्टा भेटघाट गरेका थिए । उनले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समेत भेटवार्ता गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement