भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, बाढी, डुवानको विषयमा छलफल हुने


काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।

जयशंकर दुई दिने भ्रमणका लागि अगष्ट २१ तारिखमा (भदौ ४ र ५ गते) नेपाल आउन लागेका हुन् । दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् ।

यो वार्तामा नियमित प्रक्रियाका साथै बाढी डुवानको समस्या लगायतका विषयमा पनि समाधानको बाटो निकाल्न सकिने बुझिएको छ ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने बताइएको छ । भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement