सांसद निरु पालले भनिन् : पेस्तोल ताक्दैमा डराउनेवाला छैन


काठमाडौं – साउन १५ गते साँझ दूध किनेर फर्कँदै गर्दा सांसद निरुदेवी पालले आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपाकी सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

पेस्तोल देखाउदैमा आफू नडराउने भन्दै उनले भनिन्, ‘निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले डराउने वाला छैन ? म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहुंदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो ।

मेरो अन्तिम सास रहनेबेलासम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन ।’ सांसद पाल संसदीय सुनुवाई समितिकी सदस्य हुन्। समितिको बैठकमा नजान आफुलाई धम्काएको बताएपछि प्रहरीले उनीसहितका केही सांसदहरुलाई पिएसओ खटाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement