काठमाण्डु- लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताए । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मतमाथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया उल्लेख गर्दै एमालेले अधिवेशन बहिस्कार गरे पनि अविश्वासको प्रस्ताव टेबल हुने बताएका हुन् ।
उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने तर्क गरेका छन् । उनले भने, ‘विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैंमा निर्वाचन प्रक्रिया भएकाले कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेद्वार अनुपस्थिति भएमा निर्वाचन प्रक्रिया रोकिँदैन ।’
त्यसैगरी नेकपा एमालेले बैठक बहिष्कार गर्ने बारे आफूलाई जानकारी नभएको बताए ।
प्रतिक्रिया