सचिव हुने लाइनमा रहेका सहसचिवहरुलाई प्रदेश पठाउने तयारी 

सचिव हुने लाइनमा रहेका सहसचिवहरुलाई प्रदेश पठाउने तयारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरुलर्य प्रदेशमा पठाउने तयारी गरेको छ। उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद बैठकबाट निर्णयको तयारी भइरहेको छ।

मन्त्रिपरिषद बैठकमा यसबारे छलफल सुरु भएको स्रोतले जानकारी दिएको छ। हाल केन्द्रका कनिष्ट सहसचिवलाई प्रदेशमा सचिवको रुपमा पठाउने गरिएको छ। स्रोतका अनुसार सरकारले सातै प्रदेशमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ४९ वटा मन्त्रालयमा केन्द्रका वरिष्ठ सहसचिवहरुलाई पठाउने तयारी गरेको हो। याे समाचार राजाधानी दैनिकमा छ ।