साढे ३३ किलो सुन तस्करी प्रकरणमा आयो नयाँ मोड, अभियुक्त्तले फेरे बयान


काठ्माडौं- साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्तहरुको बयान फेरिएको छ । आइतबार जिल्ला अदालतमा अभियुक्तहरुले दिएको बयान र यसअघि प्रहरीमा दिएको बयान फेरिएको हो ।

बिहीबार सुरु भएको बयानमा अभियुक्तहरुले बयान फेरेको कानुन व्यवसायीले बताएका छन् ।

३० अभियुक्त मध्ये आइतबार १५ जनाको बयान सकिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा लिइएको बयानमा बाँकीको बयान लिने क्रम जारी छ ।

साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा छानविन समितिको सिफारिशमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भइसकेको छ । बयान लिँदै जाँदा फरक फरक कुराहरु थपिँदै गएका छन् । साढे ३३ केजी सुन र सनम शाक्य हत्याका अभियुक्तमा ३३ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement