डडेल्धुरामा मल्लसँग ढकालले बढाए मतान्तर, कसले कति पाए ?


काठमाण्डु-डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ हजार ८८० मतगणना हुँदा देउवाले ६ हजार ८८० मत ल्याएका हुन् ।

यस क्षेत्रमा दोस्रोमा स्वतन्त्र उम्मेदवार सागर ढकाल रहेका छन् । ढकालले ३ हजार ६६६ ल्याएका छन् । त्यस्तै कांग्रेस विपीका कर्ण मल्ले १ हजार ९३२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement