प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी सागर ढकाललाई डडेल्धुरामा चुनाव प्रचारमा रोक लगाईयो


डडेल्धुरा – डडेल्धुरामा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा सागर ढकालले आफूलाई स्थानीय प्रशासनले चुनाव प्रचार गर्न नदिएको आरोप लगाएका छन् । चुनाव प्रचारको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामै रहेको बेला ढकाललाई प्रचार प्रसारमा रोक लगाइएको हो ।

देउवाविरुद्ध उम्मेदवारी दिएपछि ढकाल चर्चामा छन् । उनलाई सोमबार स्थानीय प्रशासनले प्रचारमा रोक लगाएपछि सामाजिक संजालमार्फत आफुलाई जोगाइदिन आग्रह गरेका हुन् ।

ढकालले सबै प्रशासन प्रधानमन्त्री देउवाको मुनि रहेको भन्दै कुरा गर्नु नै बेकार भएको आरोप लगाएका छन् ।

उनले भनेका छन् ‘मलाई जोगाइदिनुस् –जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ,कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ । शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङ्ग जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement