सहरी पूर्वाधार अध्ययनमा ढिलाइ


काठमाडौं –  सरकारले एक सय ८५ नगरपालिकामा सहरी पूर्वाधार विकास गर्न थालेको अध्ययन ढिलाइ भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सहरी पूर्वाधार विकास शाखाले १५ महिना अगाडि गरको सम्झौताअनुसार परामर्शदाताले काम नगर्दा अध्ययन ढिलो भएको हो।

सहरी पूर्वाधार विकास शाखाका सीडीई सुरेन्द्रमोहन श्रेष्ठले सरकारले सबै नगरपालिकाको सहरी पूर्वाधारको अवस्था अध्ययन गरिरहेको जानकारी दिए। विभागले एक सय ८५ वटा नगरपालिकको सहरी पूर्वाधार विकासको अध्ययन गर्न १२ वटा प्याकेज बनाएर अध्ययन गराएको छ। गत वर्षको जेठमै यस्तो प्याकेज अन्तर्गत १२ वटै परामर्शदासँग आठ महिनाभित्रै अध्ययन सक्ने गरी सम्झौता गरेको थियो।

श्रेष्ठका अनुसार तोकिएको समयमा कुनै पनि परामर्शतादाले प्रतिवदेन बुझाएका छैनन्। उनीहरूको मागअनुसार सरकारले गत असारसम्म (६ महिना)का लागि समय पनि थप गरिदियो। थप भएको समयमा पनि प्रतिवेदन प्राप्त नभएपछि अन्तिम पटकका लागि भनेर फेरि (६ महिना) पुससम्म समय थप गर्ने प्रक्रिया अगाडि बढेको छ।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement