भूपू सैनिकबाट लुटियो ५० लाख, ६ जना पक्राउ


काठमाडौं – आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभेपलाञ्चोकको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थली शान्तिधाम मन्दीर नजिकै ‘बल्ने खरि ढुङ्गा’ खरिद बिक्रि गर्ने भन्दै अवकाश प्राप्त भूपू सैनिकलाई बोलाएर ५० लाख लुट्ने ६ जनालाई पक्राउ गरि प्रहरीले आज साजर्वजनिक गरेको हो ।

गत माघ १० गते लुटपाट भएको रकमबाट लुटेराले मोटरसाइकल समेत किनेको खुलासा भएका महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमार बहादुर बुढाथोकी, तेन्जिङ बहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।

उनीहरुले भगवानपाउ बस्ने सेनाका अवकाशप्राप्त सुवेदार बच्चुराम गुरुङको ५० लाख रुपैयाँ लुटेको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement