काठमाण्डु– कैलालीको गोदावरीमा चलिएरको सैन्य तालिममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्।
गोदावरी नगरपालिका–४ वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुवै जनाको अवस्था मध्यम रहेको छ।
घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी पुर्याइएको थियो । त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाण्डु ल्याइएको छ ।




प्रतिक्रिया