ड्यूटीमा रहेका सैनिक जवानको मृत्यु


पर्सा – पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

ड्यूटीमा रहेका बेला बेहोस भएका २८ वर्षीय देवीराम जैसीको अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए । उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

मृतक जैसीको कैलालीको सुखडका हुन् । उनको शव पोष्टमार्टममा लागि वीरगन्जको नारायणी अस्पतालको राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement